गोपनीयता नीति
Tokyo Ikuei Japanese School (यसपछि “यो विद्यालय” भनिने) ले वेबसाइट सञ्चालन गर्ने क्रममा ग्राहकहरूको व्यक्तिगत विवरण संकलन वा प्राप्त गर्न सक्छ।
यो विद्यालय वेबसाइट सञ्चालनमा व्यक्तिगत विवरणहरूको सुरक्षा गर्न,
ग्राहकहरूलाई थप सेवाहरू प्रदान गर्न प्रयास गर्न र व्यक्तिगत विवरणहरूको उचित व्यवस्थापन सुनिश्चित गर्न प्रतिबद्ध छ।
१. व्यक्तिगत विवरण संकलनको बारेमा
यो विद्यालयले कुनै पनि झूटो वा अन्य अनुचित माध्यमहरू प्रयोग नगरी, सही र कानुनी रूपमा व्यक्तिगत विवरणहरू संकलन गर्दछ।
२. व्यक्तिगत विवरणको प्रयोगको बारेमा
निम्न सूचीमा उल्लेख नभएका उद्देश्यका लागि व्यक्तिगत विवरणहरू प्रयोग गर्नुपरेमा, पहिले सम्बन्धित व्यक्तिको सहमति लिएर मात्र त्यसो गरिनेछ।
- सोधपुछको जवाफ दिने, भर्नासम्बन्धी सल्लाह दिने र सूचना प्याकहरू पठाउने
- कानूनले आवश्यक ठानेको अवस्थामा
३. व्यक्तिगत विवरणको सुरक्षा व्यवस्थापनको बारेमा
यो विद्यालयले आफूले व्यवस्थापन गर्ने व्यक्तिगत विवरणहरूको चुहावट, हराउने वा क्षति हुनबाट रोक्न,
र अन्य व्यक्तिगत विवरणहरूको सुरक्षा व्यवस्थापनका लागि आवश्यक तथा उपयुक्त उपायहरू अवलम्बन गर्नेछ।
४. व्यक्तिगत विवरणको जिम्मा (ठेक्का) दिने बारेमा
यो विद्यालयले व्यक्तिगत विवरणहरूको व्यवस्थापनको पूरै वा केही अंश तेस्रो पक्षलाई जिम्मा दिने क्रममा,
उक्त तेस्रो पक्षको कडा छानबिन गर्नेछ र जिम्मा दिइएका व्यक्तिगत विवरणहरूको सुरक्षा व्यवस्थापन सुनिश्चित गर्नका लागि
उक्त तेस्रो पक्षमाथि आवश्यक तथा उपयुक्त अनुगमन गर्नेछ।
साथै कन्सलटिङ (परामर्श), प्राइभेसी मार्क आवेदन र आईएसएमएस (ISMS) आवेदन सम्बन्धी कार्यहरूमा,
तेस्रो पक्षसँग मिलेर काम गर्नुपर्ने अवस्थामा व्यक्तिगत विवरणहरूको व्यवस्थापनको जिम्मा दिइने हुन सक्छ।
५. तेस्रो पक्षलाई व्यक्तिगत विवरणहरू प्रदान गर्ने बारेमा
यो विद्यालयले प्रहरी वा कानुनी निकायहरूबाट विवरण खुलाउने अनुरोध आएको खण्डमा, अथवा व्यक्तिगत विवरण सुरक्षा ऐन लगायतका कानुन बमोजिम आवश्यक परेको अवस्थामा बाहेक, सम्बन्धित व्यक्तिको पूर्व सहमति बिना तेस्रो पक्षलाई व्यक्तिगत विवरणहरू प्रदान गर्ने छैन।
६. व्यक्तिगत विवरणहरू खुलाउने, सच्याउने आदिको बारेमा
त्यस समयमा, अनुरोध गर्ने व्यक्ति सम्बन्धित व्यक्ति नै हो भनी पुष्टि हुन नसकेमा, विवरण खुलाइने छैन।
आवश्यक छानबिन गरी तुरुन्तै उक्त अनुरोधहरू बमोजिमको प्रक्रिया पूरा गरिनेछ।
कृपया निम्न बमोजिम सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।
Tokyo Ikuei Japanese School
6-25-13 Higashi-Nippori, Arakawa-ku, Tokyo
03-6458-3911
७. यस गोपनीयता नीति (प्राइभेसी पोलिसी) को परिवर्तन
यस गोपनीयता नीतिका सामग्रीहरू परिवर्तन हुन सक्छन्।
परिवर्तन गरिएका सामग्रीहरू, यो विद्यालयले छुट्टै व्यवस्था गरेको अवस्थामा बाहेक, यस वेबसाइटमा प्रकाशित भएको समयदेखि नै लागू हुने मानिनेछ।